काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका सरकारी कर्मचारीलाई झड्का लाग्ने गरी निर्मम निर्णय लिएको छ ।
सरकारले प्रशासनिक खर्च कटौती गर्ने भन्दै सरकारी कर्मचारीले खाईपाई आएको भत्ता कटौती गरेको हो ।
बिहीवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको उपचार र रोकथाममा खटिने चिकित्सक, स्वास्थ्यकर्मी बाहेकका राष्ट्रसेवकलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्ता खारेज हुने बताए ।
सरकारले अत्यावश्यक सेवा दिने कार्यालय बाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति समेत रोक्का गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको जनाएको छ ।
सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारीसाधन खरिद र मर्मत लगायत खर्चमा समेत बजेट कटौती गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।