काठमाडौं – नेपालका छिमेकी देश भारत र चीनबीच देखिएको सीमा विवाद सैनिक संघर्षउन्मुख हुँदै गएको देखिएको छ ।
उद्दाख लगायत क्षेत्रमा देखिएको सीमा विवादमा दुवै देशले सैनिक शक्ति प्रदर्शन र अभ्यासलाई तीव्रता दिएका छन् । यस महिनाको शुरूदेखि नै लद्दाखमा चिनियाँ सैनिक र भारतीय सैनिक आमनेसामने भएका छन् ।
दुवै पक्षले सीमामा सेनाको संख्या बढाउने र बेस निर्माण गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमले भारत पूर्ण रूपमा तयार रहेको भनेर लडाइँलाई प्रोत्साहन गर्ने खालका समाचार सम्प्रेषण गरिरहेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री कार्यालयमा चीनसँगको विवादका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री मोदीले मंगलवार लद्दाखको बारेमा पूर्ण रिपोर्ट लिनुका साथै ३ सेना प्रमुखलाई विकल्प सुझाव दिन आग्रह गरिएका थिए ।
बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल पनि उपस्थित थिए । यस अवधिमा सेना प्रमुख र सीडीएसबाट आगामी रणनीतिको खाका मागिएको थियो । प्रधानमन्त्री मोदीको बैठक हुनुअघि रक्षामन्त्री राजनाथ सिंहले विवादबारे छलफल गरेका थिए । लद्दाख सीमामा सडक निर्माण नरोक्ने निर्णय भारतले गरेको थियो ।
दुवै देशबीच विवाद बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीन बीचको सीमा विवादमा मध्यस्थता गर्न तयार रहेको बताएका छन् । डोनाल्ड ट्रम्पले ट्विट गर्दै अमेरिका भारत र चीन बीचको सीमा विवादको सवालमा मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।
डोनाल्ड ट्रम्पले ट्विटमा भने, ‘हामीले भारत र चीन दुवैलाई जानकारी गराइसकेका छौं, यदि उनीहरू चाहन्छन् भने अमेरिका सीमा विवादमा मध्यस्थता गर्न तयार छ ।’ ट्रम्पले एकाएक मध्यस्थताको एकपक्षीय प्रस्ताव गरेका हुन् ।
पूर्वी लद्दाखमा सीमा नियन्त्रण रेखा (एलएसी) का साथ चीनबाट सैन्य गतिविधिहरू वृद्धि भएदेखि दुवै देशबीच तनाव बढेको छ । चीनले भारतको सिमानाभित्र सडक निर्माणको विरोध गर्दैछ ।
हालसालै दुवै देशको सेनाले सीमामा गतिविधि बढाएको छ । सन् २०१७ मा दुवै देशबीच डोकलाममा देखिएको जस्तै विवाद फेरि देखिनसक्ने अनुमान गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।