काठमाडौं– स्याङजामा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताए ।
बलात्कारको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।