डोनाल्ड ट्रम्पलाई ट्विटरको चेतावनी सामाजिक सञ्जाल ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटलाई ‘तथ्य जाँच्न चेतावनी’ दिएको छ ।
ट्विटरले ट्रम्पको पोस्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो ।
ट्रम्पले इमेलमार्फत गरिने मतपत्रहरू ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्विट गरेका थिए । ट्विटरले ट्रम्पको पोस्टको मुनि निलो रंगको एक चेतावनी लेबल राखेको छ ।
ट्विटरको निलो लेबलले ट्विटले भ्रमपूर्ण भएको भन्दै तथ्य जाँच्न आग्रह गर्ने गरेको छ । ट्रम्पले मेलमार्फत मतदान गरिने मतपत्रहरूको वैधताको बारेमा धेरै असह्य दाबी गरेका भन्दै ट्विटरमा आलोचना पनि भएको छ ।

सामाजिक सञ्जाल कम्पनी ट्विटरले यही महिनाको शुरूमा चेतावनी लेबलहरूमा आफ्ना नीतिहरू अध्यावधिक गरेको थियो । ट्रम्पका ट्विटहरूमा तथ्य जाँच गर्न ढिला भइरहेको आवाज उठिरहेका बेला ट्विटरले चेतावनी दिन शुरू गरेको छ ।
There is NO WAY (ZERO!) that Mail-In Ballots will be anything less than substantially fraudulent. Mail boxes will be robbed, ballots will be forged & even illegally printed out & fraudulently signed. The Governor of California is sending Ballots to millions of people, anyone.....
— Donald J. Trump (@realDonaldTrump) May 26, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।