काठमाडौं – भारत–चीनका सैनिकबीच लद्दाख क्षेत्रमा विवाद बढेको छ । दुवै देशका सेनाबीच झडपको स्थिति उत्पन्न भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो तनावको स्थितिपछि भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक बोलाइएको छ ।
सीमा नियन्त्रण रेखा (एलएसी) मा चीनसँगको अवस्थाबारेमा छलफल गर्न आयोजित उच्चस्तरीय बैठकमा रक्षामन्त्री राजनाथ सिंहलगायत तीनै सेनाका प्रमुखले भाग लिइरहेका छन् ।
लद्दाख क्षेत्रमा चीनले सैनिक संख्या समेत बढाएको छ भने दुवै देशका सैनिकबीच तनाव देखिएको छ । यसैसन्दर्भमा छलफल गर्न प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक बोलाइएको समाचारमा उल्लेख छ ।
केही दिनअघि पूर्वी लद्दाख र सिक्किमको नाकुला क्षेत्रमा भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो । यसपछि दुवै देशमा तनावको स्थिति रहेको छ । लद्दाख मात्र होइन, विगत १ महिनामा चीन र भारतबीच ३ क्षेत्रमा तनावपूर्ण स्थिति निर्माण भएको छ ।
भारत–चीनबीच पश्चिम क्षेत्रको लद्दाख, पूर्वी क्षेत्रको उत्तरी सिक्काम र उत्तराखण्डमा तनाव छ । हालै चीनले सीमा क्षेत्रमा ५ हजारभन्दा बढी सैनिक थपेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।