काठमाडौं – कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका कारण स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना संक्रमण परीक्षण गरिएको छ ।
मन्त्री ढकालको मंगलवार नै स्वाब संकलन गरी परीक्षण गरिएको हो । उनका प्रेस सल्लाहकार माधव तिवारीले मन्त्रीको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको बताएका छन् ।
यसअघि मन्त्री ढकालले भेट गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको हो । कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका कारण मन्त्री ढकाल घरमै क्वारेन्टाइनमा बसिरहेका खबर सार्वजनिक भएका थिए ।
स्वास्थ्य मन्त्रालयमा काम गर्ने अन्य कर्मचारीको समेत कोरोना जाँचका लागि स्वाव संकलन गरिएको मन्त्रीका सल्लाहकार डा. खेम कार्कीले बताए ।
‘स्वास्थ्य सेवा विभागमा काम गर्ने १ जना डाक्टर कन्ट्याक ट्रेसिङको लागि कपिलवस्तुमा गएर आएपछि संक्रमित भएकाले कन्ट्याक ट्रेसिङको कार्यविधि अनुसार सबैको जाँच गर्नुपरेको हो,’ सल्लाहकार कार्कीले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।