आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दलित युवाको हत्याकाण्डमा पूर्व माओवादी वडाध्यक्ष पक्राउ

दलित युवाको हत्याकाण्डमा पूर्व माओवादी वडाध्यक्ष पक्राउ

  • मिडिया डबली
  • मंगलवार, जेठ १३ २०७७

  • 42.1K
    SHARES

  • दलित युवाको हत्याकाण्डमा पूर्व माओवादी वडाध्यक्ष पक्राउ
    फाइल तस्वीर

    रुकुम – रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीमा युवतीलाई लिन गएका युवा र गाउँलेबीच झडप हुँदा भएको हत्याकाण्डमा पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन् ।

    झडपमा बेपत्ता ३ जना युवाको शव फेला परेको छ भने ४ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले बताए । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन १९ जना गएका थिए ।

    सोतीमा गाउँले र ती युवाबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शव फेला परेको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिवारदेखि बेपत्ता भएका छन् ।

    घटनामा घाइते आशिष विक र सरोज भँडेलले आफूहरू सोती पुगेदेखि नै जातीय विभेदकारी गालीगलौज गर्दै ढुंगामुढा गरेको दाबी गरे ।

    ‘हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरू कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन्,’ उनले भने, ‘बेस्सरी गाली गर्न थालेपछि हामी फर्कियौं । फर्किइसकेपछि गाउँलेहरू ढुंगामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौं । कोही कता कोही कता भयौं । कतिजना भेरी नदीमा हाम्फाल्यौं ।’

    करीब ४ किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिइन् । जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ । जातीय समानताका लागि जनयुद्ध गरेको भनेर भाषण गर्ने पूर्व माओवादी नेता नै हत्याकाण्डमा मुछिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १३ २०७७०४:५१:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend