काठमाडौं – कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा संक्रमण अन्त्य भएको केही दिनमै फेरि ब्यूतिन थालेको छ ।
चीनमा कोरोना संक्रमित बढ्दै गएर सोमवार साँझसम्म थप ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित भएकामध्ये अधिकांश कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहानका रहेका छन् । त्यस ठाउँमा पछिल्लो १० दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिएको छ ।
सरकारी स्वास्थ्य अधिकारीका अनुसार सोमवार थपिएका ११ जना संक्रमितको विवरण आईतवार नै आएको थियो । ती ११ जनामध्ये १० जना मङ्गोलिया स्वशासित क्षेत्र र १ जना सिचुवान प्रान्तमा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।
पूर्णरुपमा कोरोनाबाट संक्रमित हुन बाँकी रहेका तर शंकास्पद अवस्थाका अरु ४० जनामध्ये ३८ जना वुहानका छन् । चीनमा कूल ३९६ जना यस्तै प्रकारका बिरामी उपचाररत अवस्थामा रहेका जनाइएको छ । तीमध्ये ३२६ जना वुहानमा मात्रै रहेका छन् ।
शंकास्पद भनिएको बिरामीलाई स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि हुने तर लक्षणहरू भने नहुने गरेको अधिकारीले जनाएका छन् । तर पनि कोरोना भाइरसबाट संक्रमितहरूलाई जस्तै व्यवहार गर्ने गरिएको छ ।
वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी संक्रमित भएको पाइएको थियो । चीनले कोरोना संक्रमण अन्त्य गर्ने प्रयास गरेपनि संक्रमित बढ्दै गएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।