आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कुलमान घिसिङको अफिसमा लफडा, एउटा निर्णयले कर्मचारीबीच खैलाबैला !

कुलमान घिसिङको अफिसमा लफडा, एउटा निर्णयले कर्मचारीबीच खैलाबैला !

  • मिडिया डबली
  • सोमवार, जेठ १२ २०७७

  • 21.6K
    SHARES

  • कुलमान घिसिङको अफिसमा लफडा, एउटा निर्णयले कर्मचारीबीच खैलाबैला !

    काठमाडौं – लोडसेटिङ अन्त्य गरेको श्रेय पाएर चर्चित बनेका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत् प्राधिकरणमा लफडा मच्चिएको छ ।

    कोरोना भाइरस महामारी रोकथामका लागि गरिएको लकडाउनको समयमा सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सर्तकता अपनाएर विद्युत् महशुल संकलन गर्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई लिएर कर्मचारीबीच खैलाबैला मच्चिएको हो ।

    प्राधिकरणका क्रियाशील कर्मचारीको आधिकारिक ट्रेड युनियनले संस्थाको निर्णयअनुसार सम्पूर्ण सुरक्षा प्रबन्ध गरेर काम गर्न तयार रहेको जनाएका बेला एकाध कर्मचारी जोखिमपूर्ण तबरले काम लगाएको भन्दै विरोधमा उत्रिएका छन् ।

    प्राधिकरणको आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनले अत्यावश्यक विद्युत् सेवा प्रवाहमा खटिने स्थायी, म्यादी, करार, ज्यालादारी र गोटा गन्तीका मिटर मिटर रिडर लगायतका कर्मचारीले सरकार तथा विश्व स्वास्थ्य संगठनको निर्देशन बमोजिमका स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित तबरले काम गर्न सबै कर्मचारी तयार भएको दाबी गरेका बेला भित्रभित्रै विरोध समेत भइरहेको छ । प्राधिकरणका क्रियाशील सबै ट्रेड युनियन र व्यवस्थापनबीच गत बैशाख २४ गते संयुक्त छलफलमा महशुल संकलन गर्ने सहमति भएको थियो ।

    छलफलका आधारमा प्राधिकरणले उत्प्रेरणात्मक सुविधा प्रदान गर्ने, सबै कर्मचारीलाई विना भेद्भाव जोखिम भत्ता उपलब्ध गराउने, स्वास्थ्य बीमा गर्ने र आरडीटी तथा पीसीआर पद्धतिबाट स्वास्थ्य परीक्षण गर्ने लगायतका विषयमा प्रक्रिया अगाडि बढेको आधिकारिक ट्रेड युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलले बताएका छन् ।

    प्राधिकरणमा क्रियाशील कर्मचारी संघले भने विषम अवस्थामा कोरोनाका अतिप्रभावित क्षेत्रमा समेत महशुल संकलन काउन्टर खोलेको र कर्मचारीलाई जोखिमपूर्ण काम लगाएको भन्दै आपत्ति जनाएको छ । संघका अध्यक्ष जनार्दन भट्टराईले संक्रमण बढी भएका स्थानमा सावधानी नपनाई बढी भीडभाड हुने गरी कर्मचारीलाई काममा लगाइएको भन्दै प्रेस विज्ञप्तिमार्फत् प्राधिकरणको काम गर्ने शैली गलत भएको आरोप लगाएको छ ।

    विद्युत् सेवा अत्यावश्यक सेवा भएपनि संघले देशभर लकडाउन रहेको र अतिआवश्यक सेवा बाहेकका सम्पूर्ण सरकारी कार्यालयका कामकाज बन्द गरिएको भन्दै महशुल संकलन र मिटर रिडिङको काम गर्न नहुने संघको दाबी छ ।

    आधिकारिक ट्रेड युनियनका संयोजक पौडेलका अनुसार कर्मचारी उच्च मनोबलका साथ विद्युत् सेवा प्रवाहमा खटिएका कर्मचारीलाई भ्रमित पार्ने, विद्युत् महशुल संकलन कार्यको विरोध गर्ने, कर्मचारीको मनोबल गिराउने, प्राधिकरणको लोगो अनाधिकृत प्रयोग गरी भाम्रक प्रचार गरेको भन्दै कोही कसैले पनि त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरेका छन् ।

    कर्मचारीको हकहित र सुरक्षाका लागि आधिकारिक ट्रेड युनियन सदैव कटिबद्ध रहेको र प्रतिबद्धताका साथ लागि परेको जानकारी दिँदै संयोजक पौडेलले संकटको समयमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर काम गर्न आफूहरू तयार रहेको जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १२ २०७७०३:२०:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend