काठमाडौं– कोरोना भाइरसका विषयमा अमेरिकाले चीन माथि गम्भिर आरोप लगाएको छ। ह्वाइट हाउसका उच्च अधिकारीले आइतबार कोरोना महामारी रोकथाम र व्यवस्थापनमा चीनको भूमिकालाई सन् १९८६ मा चेरनोबिल आणविक दुर्घटना लुकाउन रसियाले गरेको ढाकछेपसँग तुलना गरेका छन्।
राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओुब्रायनले बेइजिङलाई वुहानमा गत वर्षको नोभेम्बरमा सुरू भएको कोरोना भाइरसले के गरिरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि विश्व स्वास्थ्य संगठनलाई ढाँटेको र विषेशज्ञहरूलाई सूचनाको पहुँचबाट बाहिर राखेको आरोप लगाएका छन्।
‘उनीहरूले संसारका लागि एउटा भाइरस छाडिदिए जसले अमेरिकी अर्थतन्त्रको खर्बौखर्ब डलर ध्वस्त पार्यो। हामीले अहिले हाम्रो अर्थव्यवस्था जिउँदो राख्न र अमेरिकीहरूलाई बचाउन खर्च गरिरहनुपरेको छु’ एक टेलिभिजन कार्यक्रममा उनले भने, ‘भाइरसको ढाकछेपका लागि उनीहरूले जे गरे त्यो इतिहासमा चेरनोबिल घटना जसरी रहनेछ। हामीले यसबारेमा आउँदो १० वा १५ वर्षपछि एचविओ स्पेशल हेर्नेछौं।’
तात्कालिन सोभियतको युक्रेनस्थित चेरनोबिलमा भएको आणविक दुर्घटनाबाट फैलिएको आणविक विकिरणले त्यतिबेला दर्जनौं मानिसहरूको ज्यान लिएको थियो भने दशौं हजार मानिसहरूलाई भाग्न बाध्य पारेको थियो। मस्कोले विकिरण चुहावटको सूचना सहि समय नदिदां यो इतिहासकै खराब आणविक दुर्घटना बनेर बसेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निरन्तररूपमा कोरोना भाइरस रोकथाममा चीनको व्यवस्थापन शैलीको निरन्तर आलोचना गर्दै आएका छन्।
चीनले भने यी आरोपहरूको निरन्तर खण्डन गर्दै आएको छ। चीनका एक उच्च कुटनीतिज्ञले आइतबार अमेरिकाले आफूहरूविरुद्ध झुट फैलाउँदै आक्रमण गरेको आरोप लगाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।