काठमाडौं–भक्तपुरको मध्यपुरथिमीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। मध्यपुरथिमी नगरपालिका ६ पुरानोथिमिमा डेरा गरी बस्ने २२ वर्षका रोहित गिरीसहित पाँच जनाको समूहले २० वर्षीया युवतीलाई बलात्कार गरेका प्रहरीले जनाएको छ।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेको तेमाल घर भई पुरानो ठिमी बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गिरीले ८ जेठको बेलुका युवतीलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर सुरुमा आफूले बलात्कार गरेका थिए। पछि आफ्ना चार जना साथीलाई बोलाई बलात्कार गर्न लगाएका थिए।
पीडित युवतीले गएको शुक्रबार महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी दिएपछि प्रहरीले लामालाई पक्राउ गरेको हो। बलात्कारमा संलग्न चार युवा फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका लामालाई अदालतबाट १० दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।