आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सेनाभित्रको लुकेको पाटो, सोझा कर्णेललाई यस्तो सास्ती!

सेनाभित्रको लुकेको पाटो, सोझा कर्णेललाई यस्तो सास्ती!

  • मिडिया डबली
  • सोमवार, जेठ १२ २०७७

  • 6.7K
    SHARES

  • सेनाभित्रको लुकेको पाटो, सोझा कर्णेललाई यस्तो सास्ती!

    काठमाडौं– कहिलेकाँही मान्छे नखाएको विषले छट्पटाउनुपर्छ । यस्तो स्थिति भोग्दैछन्,नेपाली सेनाको १४ बाहिनी (इन्जिनियरिङतर्फ)मा कार्यरत कर्णेल नवीन सिलवालले ।

    उनी वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र पाँचखालमा जर्नेल प्रयोगजंग राणाले चलाएको करोडौँको घोटालामा मुछिएर अहिले सैनिक प्रहरीको नियन्त्रणमा छन् ।


    सैनिकस्रोतका अनुसार,छानविनमा तानिनुको मुख्य कारण हो, प्रयोगजंगबाट बुझबुझारथ लिएर पाँचखालमा केही समय काम गर्नु । तर, जे–जे गर्नु थियो,सबै काम प्रयोगजंगले भ्याइवरी उनलाई चार्ज बुझाएका हुन् ।

    पहिला सहदेव खड्का र अहिले आनन्द अधिकारीको कोर्ट अफ इन्क्वायरीले यसबारेमा छानवीन गर्ने क्रममा दोष प्रमाणित भएर होइन, छानवीन गरेर सत्य पहिल्याउनुपर्ने कारण उनलाई नियन्त्रणमा लिनुपरेको जंगी अड्डामा चर्चा छ । भूपू जर्नेलहरु राजेन्द्र थापा र दिपक गुरुङले त नवीनबाट भ्रष्टाचार हुनै नसक्ने भनी ठोकुवा नै गरिसकेका छन् ।

    ‘ललितपुर,लेलेको सामान्य परिवारबाट आएका नवीनले आरोप लगाइएजस्तो अकुत सम्पत्ति जोडेको भए उनी अहिले पनि खुमलटारस्थित २० वर्ष पुरानो पुख्र्यौली घरमा किन बस्थे, तीन चार वर्ष अमेरिका बसिसकेका उनी नौ लटको थोत्रो हुण्डाइ कारमा किन अड्किन्थे ?’ एकजना जर्नेलले प्रश्न गरे ।

    उनी स्टाफ कलेज फर्स्ट र कर्णेलमा भएको पदोन्नतिका हिसाबले पनि फर्स्टम्यान हुन् । एक नम्बरका उनी अरुले गरेको बदमासीमा थुनिएका छन् भने उनीपछि योग्यताको हिसाबले दोश्रो नम्बरका कर्णेलचाहिँ प्रधान सेनापतिको एडिसी समूहमा छन् ।

    जेठ ८ गते साँझ घरमा खाना खाएर आराम गरिरहेको बेला मोबाइलसमेत कब्जा गरी सैनिक प्रहरीले उनलाई समातेर लगेको हो । जनआस्थाबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १२ २०७७०४:२०:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend