आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारत कोरोना महामारीको ‘टप १०’ देशभित्र, नेपाल समेत खतरामा !

भारत कोरोना महामारीको ‘टप १०’ देशभित्र, नेपाल समेत खतरामा !

  • मिडिया डबली
  • सोमवार, जेठ १२ २०७७

  • 6.2K
    SHARES

  • भारत कोरोना महामारीको ‘टप १०’ देशभित्र, नेपाल समेत खतरामा !

    काठमाडौं – नेपालको छिमेकी देश भारत विश्वभर कोरोना महामारी फैलिएका शीर्ष १० देशभित्र परेको छ ।

    कोरोना भाइरस संक्रमण धेरै फैलिएका देशको सूचीको १० औं नम्बरमा भारत पुगेको छ । यो सूचीको पहिलो नम्बरमा अमेरिका रहेको छ ।

    पछिल्ला ३ दिनयता भारतमा दिनदिनै ६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइरहेको छ । आईतबार मात्रै भारतमा ६ हजार ७६७ व्यक्तिमा कोरोना संक्रमण नयाँ पुष्टि भएको छ ।

    भारतमा हालसम्म १ लाख ३८ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाका कारण भारतमा ४ हजार २४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    कोरोना रोकथामका लागि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले लकडाउन गरेपनि भारतमा बस, रेल र हवाइ यातायात सञ्चालन गरिएको छ । लकडाउनमा कडाइ नगरेका कारण भारतमा कोरोना संक्रमण फैलिँदै गइरहेको छ ।

    विश्वभर बढी कोरोना फैलिएको १० देशभित्र क्रमशः अमेरिका, ब्राजिल, रसिया, स्पेन, बेलायत, इटली, फ्रान्स, जर्मनी, टर्की र भारत रहेका छन् ।

    विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख ६० हजारभन्दा बढी पुगेको छ । कोरोनाले विश्वभर ३ लाख ४३ हजार व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा मात्रै मृतकको संख्या झण्डै १ लाख पुगेको छ ।

    भारतमा कोरोना भाइरस संक्रमित बढ्दै जाँदा नेपालमा समेत खतरा बढ्दै गएको छ । भारतबाट नेपाल आएका व्यक्तिमा कोरोना संक्रमण देखिरहेको छ । भारतबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाली प्रशासनले सीमावर्ती क्षेत्रमा लकडाउनलाई कडा पारेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १२ २०७७०२:४२:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend