आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभापति देउवाले दिए ईदको शुभकामना

सभापति देउवाले दिए ईदको शुभकामना

  • मिडिया डबली
  • सोमवार, जेठ १२ २०७७

  • 6.5K
    SHARES

  • सभापति देउवाले दिए ईदको शुभकामना

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व ईदको शुभकामना दिएका छन् ।

    शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले ईदले सम्पूर्ण जातजाति र धर्मावलम्बीलाई एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गरे ।

    कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ ईद पर्व मनाउन देउवाले आग्रह गरेका छन् ।

    ईदको अवसरमा सबै इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले पवित्र ईद पर्वले मुलुकमा शान्ति, सदभाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

    लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको स्मरण गर्दै पूर्व प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १२ २०७७०२:२२:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend