आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सञ्चारकर्मीले निर्माण गरेको ‘इतिहास’ सार्वजनिक

सञ्चारकर्मीले निर्माण गरेको ‘इतिहास’ सार्वजनिक

  • मिडिया डबली
  • आइतवार, जेठ ११ २०७७

  • 5.2K
    SHARES

  • सञ्चारकर्मीले निर्माण गरेको ‘इतिहास’ सार्वजनिक

    काठमाडौं – बिन्दास मिडिया नेटवर्कको प्रस्तुती एवं निर्माणमा तयार भएका ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक गरिएको छ ।

    गीतमा सञ्चारकर्मी रविन्द्र सुवेदीको शब्द एवं सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको स्वर रहेको छ ।

    नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिवेश गुरुङले इतिहास गीतको भिडियो निर्देशन गरेका छन् ।

    गीतको संगीत संयोजन ओम सुनारले गरेका छन् भने प्रोजेक्ट संयोजन समीर नेपालले गरेका छन् ।

    प्रवीण भट्टको सम्पादन रहेको गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् । टंक कार्की (छिमेकी) को संयोजनमा निर्माण भएको गीत ‘ए प्लस’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।

    गीतमा चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको मुख्य भूमिका रहेको छ भने सहयोगी भूमिकामा दिपशन परियार र बिनय सापकोटा लाई देख्न सकिन्छ ।

    सेमी र्‍याप शैलीमा तयार गरिएको गीतमा इतिहासको गाथा र नेपालीको वीरतालाई उजागर गरिएको छ ।

    भारतले मिचेको नेपालको भूमि कालापानी, लिपुलेकजस्ता भूभाग फिर्ता गरिनुपर्छ भन्ने सन्देश गीतमार्फत् दिन खोजिएको छ ।

    गीत आहा टीभीको अफसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ११ २०७७०३:५८:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend