काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गर्यो ।
कोरोनाको नियमित अद्यावधिक विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमणको पुष्टि गरेका ती व्यक्ति गत चैत ३ गते अस्ट्रेलियाबाट यूएई हुँदै काठमाडौं आएको खुलासा भएको छ ।
ती व्यक्ति नेपाल आएको ७० दिन भइसकेपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै अस्ट्रेलियाको भाइरस ७० दिनसम्म नेपालमा गुपचुप लुकेर बस्यो भन्ने प्रश्न जन्मिएको छ ।
कोरोना भाइरस संक्रमण लगभग १४ दिनमा लक्षण देखाउने वा पहिचान हुनसक्ने भनेर सरकारले क्वारेन्टाइन अवधि तोकेको छ । तर सोह्रखुट्टेका संक्रमितको अवधि हेर्दा नेपालमा सबै रेकर्ड टुटेका छन् । ‘ट्राभल हिस्ट्री’ ७० दिनसम्म पुरानो भएका व्यक्तिमा कोरोना संक्रमण देखिएको नेपालमा यो पहिलो घटना हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा सदस्य पुष्प महर्जनले अस्ट्रेलियाबाट आएपछि उनी घरमै बसेका थिए । प्रारम्भिक चरणमा विदेशबाट आएका व्यक्तिको विवरण संकलन गर्दा उनी छुटेकाले पुनः खोजेर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले बताए । ती संक्रमितकी पत्नीमा भने कोरोना नेगेटिभ नतिजा आएको छ । ७० दिन सँगसँगै बसेका श्रीमान–श्रीमतीमध्ये श्रीमानलाई मात्रै कोरोना हुनु र श्रीमतीलाई नहुनु अर्काे अचम्मको भाइरस देखिएको छ ।
ती संक्रमितले तरकारी बजार र डेरीबाहेक कतै पनि नगएको जानकारी दिएका छन् । ती संक्रमितलाई हाल टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
केही दिनअघि डडेल्धुरामा जिल्लाबाहिर ट्राभल हिस्ट्री नभएका सरकारी कर्मचारीमा जिल्लामै पहिलो पटक कोरोना देखिएको थियो । कोरोनाले एकपछि अर्काे अचम्म देखाइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।