काठमाडौं– डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको हो । अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको छ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पनि कारागारमा झडप भएको पुष्टि गरेका छन् ।यद्यपि, उनले क्वान्टिनमा बाँकीमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताए । ‘लकडाउनले आफन्त पनि भेट्न आएनन्, पैसा पनि सिद्धियो’, उनले भने, ‘क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो ।’
थप अनुसन्धान भइरहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।