आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनबाट नेपाल तर्फ छुट्यो ३९० टन सामान बोकेको मालबाहक रेल

चीनबाट नेपाल तर्फ छुट्यो ३९० टन सामान बोकेको मालबाहक रेल

  • मिडिया डबली
  • आइतवार, जेठ ११ २०७७

  • 10.7K
    SHARES

  • चीनबाट नेपाल तर्फ छुट्यो ३९० टन सामान बोकेको मालबाहक रेल

    काठमाडौं–नेपाल र भारतबीच सीमा विवादले तनाव बढिरहेको छ। तर, चीनको लान्झोउबाट ३९० टन सामग्री बोकेको मालबाहक रेल शुक्रबार नेपालतर्फ छुटेको छ।

    नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएपछि परिक्षणका रुपमा लान्झोउ अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहबाट पहिलोपटक मालबाहक रेल नेपालतर्फ प्रस्थान गरेको हो।

    चिनियाँ सञ्चार माध्यमहरूले जनाएअनुसार शुक्रबार लान्झोउबाट हिंडेको रेल तिब्बतको सिगात्सेसम्म आउने छ, जहाँबाट सडकमार्ग भएर ट्रकमा ती सामग्री काठमाडौं ल्याउने तयारी छ।

    मध्य चीनको गान्सु प्रान्तस्थित लान्झोउ सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने गरी सम्झौता गरिएका चीनका सात समुद्री र सुख्खा बन्दरगाहमध्ये एक हो।

    ‘लान्झोउबाट छुटेको यो रेल चीन–दक्षिण एसिया अन्तर्राष्ट्रिय रेलसेवा अन्तर्गतको पहिलो मालबाहक रेल हो’, चीनको सरकारी सञ्चार माध्यम चाइना न्यूजले शनिबार लेखेको छ, ‘जुन रेलले तिब्बतको सिगात्सेसम्म सामग्री पुर्याएपछि त्यहाँदेखि सडकमार्गबाट काठमाडौं पुर्याइने छ। यसका लागि करिब १० दिन लाग्ने छ, जसबाट पहिलेको समुद्री मार्ग (कलकत्ता) बाट ढुवानी हुने समयमा ३५ दिन बचत हुनेछ।’

    मालबाहक रेल २६ व्यापारिक समूहका १३ लाख अमेरिकी डलर ९करिब १६ करोड रुपैयाँ० बराबरको ३९० टनभन्दा बढी सामग्री बोकेर हिंडेको हो, जसमा कपडा, जुत्ता, अटो पार्टस् र निर्माण सामग्री छन्। सिगात्सेबाट सडकमार्ग हुँदै ती सामग्री केरुङ र तातोपानीबाट नेपाल भित्र्याउने तयारी छ।

    पाँच वर्षअघि भारतले नेपालमाथि आर्थिक नाकाबन्दी गरेसँगै नेपालले चीनबाट पनि अन्तर्राष्ट्रिय व्यापार गर्न ढोका खोलेपछिको यो रेल ढुवानी पहिलो मानिएको छ। अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको निर्भरता तोड्ने प्रयास अन्तर्गत चीनका समुद्री र सुख्खा बन्दरगाह भएर तेस्रो देशसँग व्यापार गर्न नेपालले अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता गरेको थियो।

    गान्सुको लान्झोउ सुख्खा बन्दरगाह चीनका दश ठूला व्यापार केन्द्र मध्येको एक हो, जुन चीनको बीआरआई परियोजना अन्तर्गत पश्चिम क्षेत्रको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय ट्रान्जिट मानिन्छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ११ २०७७०४:१७:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend