काठमाडौं–सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी २०७७ वैशाख ३१ गतेबाट अवकास भएपछि रिक्त सचिव पदको पूर्ति कहिले भन्ने प्रश्न संचार क्षेत्रबाट उठेको छ रु सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव पद रिक्त भएको जेठ १० गते १० दिन भएको छ । जेठको पहिलो हप्ता नै सरकारले सञ्चार सचिव नियुक्त गर्ने चर्चा चले तापनि आजसम्म नियुक्ति हुन सकेको छैन ।
बजेटमा व्यस्त रहनु पर्ने अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी तोकिएको छ । अहिले आर्थिक वर्षको अन्तिम अन्तिमको समय रहेको छ । मन्त्रालयमा कामको पनि चापचाप रहेको छ। सचिव पनि नभएको र मन्त्री पनि अति व्यस्त हुने समय भएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कामकारवाहीमा समस्या परेको बताइन्छ । सरकारले भने सञ्चार सचिव खोज्दा खोज्दै दुई हप्ताको समय बिताइसकेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवका लागि केही प्रमुख सचिवका नामहरू पनि चर्चामा रहेका छन् । बागमती प्रदेशका प्रमुख सचिव तोयम राया र गण्डकी प्रदेशका प्रमुख सचिव हरि प्रसाद बस्यालको नाम चर्चामा रहेको साँघु साप्ताहिकले जनाएको छ ।
यी नाम बाहेक पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव बन्ने रहर गर्नेमा भर्खरै बढुवा भएर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापना भएका एकनारायण अर्याल पनि रहेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।