आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गृह मन्त्रालयको आकस्मिक निर्णय : आजको ईदको सार्वजनिक बिदा रातारात रद्द

गृह मन्त्रालयको आकस्मिक निर्णय : आजको ईदको सार्वजनिक बिदा रातारात रद्द

  • मिडिया डबली
  • आइतवार, जेठ ११ २०७७

  • 12.0K
    SHARES

  • गृह मन्त्रालयको आकस्मिक निर्णय : आजको ईदको सार्वजनिक बिदा रातारात रद्द

    काठमाडौं – गृह मन्त्रालयको मुस्लिम धर्मावलम्बीको पर्व ईद (ईदुल फित्र) को अवसरमा आज आईतबारका लागि तोकेको सार्वजनिक बिदा रद्द गरेको छ ।

    हिजो शनिवार राति एक सूचना जारी गर्दै गृह मन्त्रालयका शाखा अधिकृत गणेश तामाङले आईतबारको बिदा रद्द गरेर सोमबार सार्वजनिक बिदा हुने निर्णय गरिएको जानकारी दिएका छन् ।

    यसअघि शुक्रबार सूचना जारी गर्र्दै गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले ईदको बिदा जेठ ११ गते आईतबार परेको जानकारी दिएका थिए ।

    नेपाल र दक्षिण एसियाभरबाट शनिबार चन्द्रमा नदेखिएको कारण ईद पर्व जेठ १२ गते मनाउने निर्णय भएको र सो बमोजिम सार्वजनिक बिदाका लागि मुस्लिम आयोगबाट अनुरोध भई आएको हुँदा आईतबारको सट्टा सोमबार बिदा कायम गरिएको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

    यस्तो थियो बिदा सम्बन्धी सूचना –

    notice hom 1.jpg

    यस्तो छ सच्याइएको सूचना –

    notice hom.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ११ २०७७०१:३६:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend