काठमाडौं – भारतको नौतनवाको क्वारेन्टाइनमा रहेका १ नेपालीको मृत्यु भएको छ ।
रोजगारीको लागि भारत गएका स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–२ चिसापानीका ३२ वर्षीय पुरुषको शनिवार मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताएका छन् ।
भारतका विभिन्न शहरमा रहेका नेपालीले उद्धारको माग गर्दै आएपनि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार निष्ठूरी भइरहेको छ । ओली सरकारले भारतमा रहेका नेपालीलाई उद्धार गर्नै नहुने र उद्धार गरे कोरोना भित्रिने अडान लिइरहेका बेला भारतका क्वारेन्टाइनमा नेपालीको मृत्यु हुन थालेको छ ।
मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षणको काम भइरहेको जानकारी प्राप्त भएको अध्यक्ष मानन्धरले बताए । उनले भारतीय पक्षसँग सम्पर्कमा नै रहेको जानकारी दिएका छन् ।
अध्यक्ष मानन्धरले ती युवा जेठ ५ गते नौतनवाको राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जको अस्पतालमा उपचार गरेर क्वारेन्टाइनमा ल्याएपछि मृत्यु भएको जनाइएको छ ।
हिँडेरै स्याङ्जा आउने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।