काठमाडाैं- अमेरिकाले अल कायदाको एक ठूलो आतंकवादी इब्राहिम जुबैरलाई भारतको जिम्मा लगाएको छ। स्रोतका अनुसार जुबैरलाई विशेष उडानबाट अमृतसर लाइएको थियो। उनलाई अहिले उनलाई क्वारेन्टाइनमा रखिएको छ ।
हैदराबादका निवासी जुबैर अल कायदासँग सम्बद्ध थिए। उनका एक भाइ पनि आतंककारी पनि हुन्। उसको नाम मुहम्मद अली फारुकी हो, दुबैलाई २०१७ मा अमेरिकी गुप्तचर एजेन्सीहरूले पक्राउ गरेका थिए। उनीहरू विरुद्ध आतंकबादलाई आर्थिक सहायता पुर्याएको लगायत विभिन्न आरोप अन्तर्गत मुद्दा दायर गरिएको थियो।
दोषी साबित भएपछि अदालतले फारुखीलाई २७ वर्षको सजाय सुनाइएको भने जुवैरलाई 5 बर्षको सजाय सुनाईयो थियो । सजाय समाप्त भएपछि इब्राहिमलाई भारतको जिम्मा लगाइएको हो |
आतंकवादी जुबैर एक ईन्जिनियर हो। उनले हैदराबादको उस्मानिया विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ्गको डिग्री हासिल गरे। त्यस पछि उनी अमेरिकामा गए । त्यहाँ उनले अमेरिकाको इलिनोइस विश्वविद्यालयबाट संरचनात्मक ईन्जिनियरिमा स्नातकोत्तर डिग्री हासिल गरे, अमेरिकी केटीसंग विवाह गरी अमेरिकाको नागरिकता प्राप्त गर्न सफल भए | भाई पहिले देखि नै त्यहि बस्दैआएको थियो I
दुबै भाईहरू अल कायदाका अन्वर अल-अवलाकीबाट धेरै प्रभावित थिए। दुबैले उनको भिडियो हेरी हेरी आतंकको बाटो रोजेका थिए। २०११ मा यमनमा अमेरिकी ड्रोन हमलामा अवलाकी मारिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।