आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनासँग लड्न कांग्रेस नेता शाहले सरकारलाई गरे १ करोडको स्वास्थ्य सामग्री सहयोग

कोरोनासँग लड्न कांग्रेस नेता शाहले सरकारलाई गरे १ करोडको स्वास्थ्य सामग्री सहयोग

  • मिडिया डबली
  • शनिवार, जेठ १० २०७७

  • 8.5K
    SHARES

  • कोरोनासँग लड्न कांग्रेस नेता शाहले सरकारलाई गरे १ करोडको स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद् राजीवविक्रम शाहले कोरोना भाइरस संक्रमण रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

    कर्णाली प्रदेश अस्पतालसहित प्रदेशका जिल्ला अस्पताललाई नेता शाहले १ करोड रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

    पूर्व सभासद् शाहले कुमारी ट्रस्टमार्फत प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा. डम्बर खड्कालाई भेन्टिलेटर, आईसीयू लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

    कांग्रेस नेता शाहले ९ वटा जिल्ला अस्पताललाई ३० लाख रुपैयाँको स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरे । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना महामारीका बेला पूर्व सभासद् शाहले गरेको सहयोग महत्त्वपूर्ण हुने बताएका छन् ।

    कांग्रेस नेता कार्यकर्ताले कोरोना भाइरससँगको लडाइ जित्न अग्रमोर्चामा रहेर सहयोग गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५०:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend