आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डडेल्धुरामा अचम्मको कोरोना : कतै नगएका सरकारी कर्मचारीमा पहिलो संक्रमण !

डडेल्धुरामा अचम्मको कोरोना : कतै नगएका सरकारी कर्मचारीमा पहिलो संक्रमण !

  • मिडिया डबली
  • शुक्रवार, जेठ ९ २०७७

  • 17.2K
    SHARES

  • डडेल्धुरामा अचम्मको कोरोना : कतै नगएका सरकारी कर्मचारीमा पहिलो संक्रमण !

    डडेल्धुरा – डडेल्धुरा जिल्लामै पहिलो पटक देखिएको कोरोना भाइरस संक्रमणले सबैलाई अचम्मित बनाएको छ ।

    कतै नगएका र सरकारी सेवामा रहेका सरकारी कर्मचारीमा देखिएको कोरोना भाइरस संक्रमणले सबै अचम्मित भएका छन् ।

    विदेशबाट आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिने गरेको भनिएपनि डडेल्धुरामा पहिलो पटक देखिएको कोरोना विदेशबाट आएको देखिँदैन । शुक्रवार कोरोना संक्रमण पुष्टि भएका संक्रमित व्यक्ति डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको पाइएको छ ।

    डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका सरकारी कर्मचारीको स्वाब सकंलन गरी परीक्षण गरिएकोमा उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए । पछि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

    ती व्यक्ति बैशाख २७ जिल्लाको परशुराम नगरपालिकाबाट डडेल्धुरा सदरमुकाम आएकोबाहेक अन्यत्र विदेश यात्रा गरेको विवरण खुलेको छैन । बाहिरी देश तथा जिल्ला नगएकाले संक्रमण कहाँबाट भएको भनेर स्वास्थ्यकर्मीले खोजी गरिरहेका छन् ।

    डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका ती व्यक्तिमा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ । त्योसँगै चिकित्सकलाई शंका लागेर कोरोना परीक्षणका लागि समेत ६ गते नै स्वाब सकंलन गरिएको डडेल्धुरा अस्पतालले जनाएको छ । स्वाब सकंलनपश्चात ती युवकलाई स्क्रब टाइफसको उपचार गरी घर फर्काइएको थियो ।

    स्वाब सकंलन पश्चात क्वारेन्टाइन वा आइसोलेसनमा राख्नुपर्ने भएपनि स्क्रब टाइफसको औषधि दिएर पठाउँदा अस्पतालले लापरबाही गरेको स्थानीयले जनाएका छन् । परशुराम नगरपालिकाका संक्रमित युवाको डडेल्धुरा अस्पतालमा स्वाब संकलन गरिएको र उनलाई घर फर्काइएको खुल्न आएको छ । यसरी अस्पतालले लापरबाही गर्दा संक्रमित व्यक्तिले अन्यलाई पनि सारेको हुनसक्ने भन्दै स्थानीय त्रसित बनेका छन् ।

    संक्रमित युवक बस्ने आवास तथा ४ वटा सरकारी कार्यालय शिल गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ । संक्रमितसँगै आवास बस्ने तथा अरु कर्मचारीहरूको नामावली स्वास्थ्यकर्मीले तयार गरिरहेका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ९ २०७७०४:२९:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend