काठमाडौं – शुक्रवार साँझ थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन् । यससँगै संक्रमित हुनेको कूल संख्या ५१६ पुगेको छ ।
राजधानी काठमाडौं उपत्यकाको वरिपरिका जिल्ला भक्तपुर र मकवानपुरमा समेत कोरोना संक्रमित देखिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र किटजन्य रोग तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा ७ जना नयाँ संक्रमित फेला परेका छन् ।
नयाँ संक्रमितमा मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुरकी ५२ वर्षीया महिला, सप्तरीका ३५ वर्षीया पुरुष र बाराका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।