काठमाडौं – सिरहाको नरहा गाउँपालिकाकामा राहत माग्न वडा कार्यालय पुगेका व्यक्तिमाथि गोली प्रहार भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित भएका वडाध्यक्षले आफ्ना कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै कांग्रेस र समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि गोली चलाइएको हो ।
राहत माग्नेहरूमाथि नेकपाका वडाध्यक्ष पक्षले गोली चलाएको स्थानीयको आरोप छ । नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले राहतको विषयमा आफ्ना वडाध्यक्षमाथि कांग्रेस र समाजवादीका कार्यकर्ताले आक्रमण गरेपछि गोली चलेको बताएका छन् ।
गोली लागेर नरहा गाउँपालिकाका ५५ वर्षीय अख्तर मण्डल गम्भीर घाइते भएको सिरहा प्रहरीले जनाएको छ । उनीसँगै गम्भीर घाइते ३ जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।
गोली चलेपछि भएको झडपमा दुवै पक्षका करीब डेढ दर्जन घाइते भएका सिरहाका प्रहरी प्रवक्ता डीएसपी विनोद घिमिरेले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।