काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी महिलाका शिशुलाई स्याहारसुसारमा सहयोग पुगोस् भनेर नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले १ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
आमाको मृत्यु भएपछि अस्पतालमै रहेका नवजात शिशु शुक्रवार धुलिखेल अस्पतालबाट डिस्चार्जपछि उनका अभिभावकलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले शुक्रबार अस्पतालमै पुगेर १ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
यसअघि मन्त्री बस्नेतले शिशुको माध्यमिक तहसम्मको शिक्षा र रोजगारीको ग्यारेन्टी लिने घोषणा गरेका थिए । कोरोना भाइरस संक्रमणका कारण शिशुकी आमाको नेपालमै पहिलो मृत्यु भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।