आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वीरगञ्जका कोरोना संक्रमितको हरिविजोग, यस्तो छ ट्वाइलेट वाथरुमको अवस्था

वीरगञ्जका कोरोना संक्रमितको हरिविजोग, यस्तो छ ट्वाइलेट वाथरुमको अवस्था

  • मिडिया डबली
  • शुक्रवार, जेठ ९ २०७७

  • 8.4K
    SHARES

  • वीरगञ्जका कोरोना संक्रमितको हरिविजोग, यस्तो छ ट्वाइलेट वाथरुमको अवस्था

    वीरगञ्ज– यहाँका कोरोना संक्रमितको अवस्था निकै दयानिय छ। नारायणी अस्पतालको गाइनो (महिला तथा प्रसूति) वार्डमा बनाइएको आइसोलेसनमा कोरोना संक्रमितलाई राखेको १० दिन बितेको छ। यस वार्डका तीन वटा कोठामा २३ जना संक्रमितलाई राखिएको छ ।

    उनीहरूका लागि दुईवटा मात्रै शौचालयको प्रवन्ध छ । त्यसमध्ये एउटाको प्यान सफा छ, अर्कोको प्यान र भित्ता दुवै कालो छ ।

    तीन दिनअघि बी ब्लकका वार्ड प्रमुखले बन्द अवस्थामा रहेको एउटा ढोका खोले । यहाँ तीनवटा शौचालय छ । बाथरुममा ४ वटा धारा छन् । २३ संक्रमितले पालैपालो त्यसैमा नुहाउनुपर्ने बाध्यता छ। अरू दुईवटा बाथरुम सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् ।

    सफाइ कर्मचारीको बदमासीका कारण अहिलेसम्म शौचालय र स्नानघर सफा हुन सकेको छैन । स्टाफ नर्स अहेमा थापाले १० दिनमा चार पटक सफाइ कर्मचारीलाई पीपीई सेट लगाएर सफा गर्न पठाइसकेकी छिन् । फर्केर उनीहरूले नर्स थापालाई सफा गरिसकेको बताउने गरेका छन् ।

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ९ २०७७०५:०३:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend