आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंमा भित्रभित्रै फैलिएको कोरोना संक्रमण लुकाउँदै ओली सरकार

काठमाडौंमा भित्रभित्रै फैलिएको कोरोना संक्रमण लुकाउँदै ओली सरकार

  • मिडिया डबली
  • शुक्रवार, जेठ ९ २०७७

  • 9.1K
    SHARES

  • काठमाडौंमा भित्रभित्रै फैलिएको कोरोना संक्रमण लुकाउँदै ओली सरकार

    काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरेपनि लुकीछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन् ।

    यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन् ।

    उपत्यका बाहिर ठेगाना बताएका ती संक्रमितहरू काठमाडौं भक्तपुर र ललितपुरमा डेरामा बसेको पाइएको छ । को व्यक्तिबाट काठमाडौंमा कसरी संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न नै कठिन भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का उच्च अधिकारीले बताए । जेठ १ गतेदेखि नै उपत्यकामा बस्नेमा संक्रमण बढी देखापर्न थालेको हो ।

    जेठ ६ गते स्वास्थ्य मन्त्रालयले ललितपुर ठेगाना दिएर १ जनालाई संक्रमण भएको अपुरो जानकारी दियो । ती व्यक्ति स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत थिए । उनको घर उपत्यका बाहिर भएपनि मन्त्रालयले ललितपुर ठेगाना भएको बतायो ।

    जेठ ६ गते नयाँ संक्रमित थपिएको जानकारी दिँदै लमजुङ ठेगाना भएका व्यक्ति उल्लेख गरियो । उनी पनि काठमाडौंमा बस्दै आएको पाइएको छ । जेठ १ गतेमा संक्रमित भएको पुष्टि भएका २ बालबालिका पनि उपत्यकाबाहिर घर भएपनि काठमाडौं आएको बेला पुष्टि भएको छ ।

    यसअघि बैशाख ३१ गते संक्रमितको रुपमा मन्त्रालयले सुनसरी ठेगाना बताएको महिला भक्तपुरमा डेरा लिएर बसेको पाइएको छ । बैशाख ३१ गते नै काठमाडौं बाहिर भनिएका पुरुष पनि भक्तपुर, दुवाकोटमा बस्ने गरेको पाइएको छ । बैशाख ३० गते घाँटीको समस्या लिएर आएकी १ बालिका पनि कपिलवस्तुकी थिइन् । बैशाख २९ गते नवलपरासीबाट काठमाडौंबाट आएकी १ महिलाको कोरोना भाइरस पोजेटिभ भेटिएको छ । उनी कलंकी डेरा लिएर बसेको पाइएको छ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा रहेका संक्रमितको स्थायी ठेगाना भनेर काठमाडौंको संक्रमित संख्या लुकाउने गरेको छ ।

    मन्त्रालयले पछिल्लो पटक रामेछाप, सिन्धुली, दाङका बासिन्दा भनिएका व्यक्ति पनि काठमाडौं उपत्यकामा बस्ने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । मन्त्रालयका एक उच्च पदाधिकारी भन्छन्, ‘पीसीआर परीक्षणका बेला स्थायी ठेगाना मात्र दिएपछि समस्या पर्न थालेको हो । उनीहरूको बसोबास काठमाडौं हुँदा हामीलाई समेत अप्ठ्यारो परिरहेको छ । तथ्य लुकाउने मनसाय होइन ।’

    स्वास्थ्य सेवा विभाग अन्तर्गत, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले संक्रमितको कन्ट्याक्ट टे«सिङको अगुवाई गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेलका अनुसार परीक्षण एवं संक्रमितको कन्ट्याक्ट टे«सिङको बेला अधुरो विवरण राख्ने गरेकोले समस्या बढेको बताउँछन् । ‘यस खालको लापरवाहीले काठमाडौं उपत्यकाभित्र संक्रमणको जोखिम झन् बढ्छ,’ डा. प्याकुरेलले भने ।

    राष्ट्रिय सूचना आयोगका प्रवक्ता कमला ओलीका अनुसार, मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरिएको बताउँछिन् । ‘स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक–फरक हुन सक्दछ । एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा अन्यौल भएको पाइएको छ,’ उनले भनिन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    आयोगले कोरोना भाइरसको संक्रमण र मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको बखत बसोबास गरेको स्थान र स्थायी ठेगानासमेत उल्लेख गर्न आदेश दिएको छ । सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगले मंगलबार आदेश समेत दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ९ २०७७०१:४८:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend