आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मनिषा कोइरालालाई पारस शाहकी छोरी पूर्णिकाको समर्थन ! ‘नाकाबन्दी हुन सक्छ’

मनिषा कोइरालालाई पारस शाहकी छोरी पूर्णिकाको समर्थन ! ‘नाकाबन्दी हुन सक्छ’

  • मिडिया डबली
  • बिहिवार, जेठ ८ २०७७

  • 13.1K
    SHARES

  • मनिषा कोइरालालाई पारस शाहकी छोरी पूर्णिकाको समर्थन ! ‘नाकाबन्दी हुन सक्छ’

    काठमाडौं – पूर्व युवराज पारस शाह र हिमानी शाहकी छोरी पूर्णिका शाहले नेपाल सरकारको नयाँ नक्सालाई अभिनेत्री मनिषा कोइरालाको समर्थन गरेसँगै भारतमा नेपालीलाई अपमान गर्न थालिएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।

    सामाजिक सञ्जाल फेसबुक पेजमार्फत पूर्णिकाले नयाँ नक्सा जारी गर्दा भारतमा रोजगार गरिरहेका नेपाली पनि प्रभावित हुनसक्ने चिन्ता जनाएकी छन् ।

    चीनसँग मिलेर नेपालले भारतविरुद्ध निहँ खोजेको भन्दै भारतले आपत्ति जनाइसकेको शाहले बताएकी छन् । ‘लिपुलेक समेटिएको देशको पूर्ण नक्सा अहिले सरकारले प्रकाशन गरेको छ । अब गर्नुपर्ने काम अझ धेरै छन्,’ उनले लेखेकी छन्, ‘राजनीतिक पदमा हुने खर्च कटाई प्रविधि विकासमा लगानी गर्ने । कुनै पनि बेला नाकाबन्दी हुन सक्छ ।’

    नेपालीले अनावश्यक फेसनेबल सामग्री र विदेशी वस्तुप्रतिको मोह घटाएर देशमा आवश्यक खाद्यान्न, औषधि, मेडिकल सामानसहित प्राविधिक वस्तु देशभित्रै उत्पादन गर्ने र यसैमा रोजगारको अवसर सिर्जना गर्नतिर लाग्नुपर्ने पूर्णिकाको सुझाव छ ।

    ‘मुस्ताङ क्षेत्रमा रहेको भनिएको महंगो धातु युरेनियम उत्खनन गरी बिक्री गर्न र देशभित्रै आणविक ऊर्जाको उपयोग गर्न जापान, रुस, अस्ट्रेलिया आदि विश्वसनीय देशसँग सम्भाव्यता अध्ययन गर्ने,’ उनले सरकारलाई सुझाव दिएकी छन्, ‘पेट्रोलियम लगायत सम्भावित खनिज उत्खनन् गर्न थप अध्ययन गर्ने । कृषि उत्पादन, खाद्यान्न, दुग्ध पदार्थमा आत्मनिर्भर बन्ने ।’

    अझै पनि एकताबद्ध जनदबाब आवश्यक रहेको बताउँदै उनले सम्पूर्ण नागरिकहरू आ–आफ्नो क्षेत्रबाट लागिरहनुपर्ने जनाएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ८ २०७७०३:५३:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend