काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीबाट बच्न विश्वका अधिकांश देशले लकडाउन गरेका छन्, जसले गर्दा मान्छेको रोजगारी गुमेर आर्थिक संकट देखिने अवस्था छ ।
तर लकडाउनकै बेला आएको एक टेलिफोनले मान्छेलाई करोडपति बनाएको खबर पत्याउनुहुन्छ ?
भनिन्छ भाग्यमानीहरूको चिट्ठा खुल्छ । भारतमा एउटा यस्तै घटना भएको छ ।
भारतीय व्यापारी राजन कुरियनले दुबई ड्यूटी फ्री (डीडीएफ) ड्रमा लाखौंको चिट्ठा पाएको छ । चिट्ठाको रकम एक मिलियन डलर अर्थात् करीब साढे ७ करोड भारु हो । यसबारे खालिज टाइम्सको एक रिपोर्टमा जानकारी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केरलामा राजन कुरियनको निर्माण व्यवसाय छ । राजनले चिट्ठाको ठूलो रकम संकटमा परेका व्यक्तिलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
राजन कुरियन भन्छन्, ‘म गत वर्षको अक्टोबरदेखि निरन्तर लटरी टिकट किन्छु । तर भाग्य अब खुलेछ ।’ कुरियन केरलाको कोट्यामका वासिन्दा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।