काठमाडौं – संयुक्त राज्य अमेरिकाले अब कोरोना भाइरस संक्रमणको विषयमा चीनमा चौतर्फी दबाब दिन थालेको छ ।
आर्थिक मोर्चामा अमेरिकाले चीनलाई एकपछि अर्को ठट्टामा उडाइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नजर अब अमेरिकी शेयर बजारमा सूचीबद्ध चिनियाँ कम्पनीमाथि परेको छ ।
अमेरिकाकी संसदले एक विधेयक पारित भएको छ, जसले अमेरिकामा रहेका चिनियाँ कम्पनीलाई लखेट्ने बाटो खुला गर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर कोरोना भाइरस फैलाएकोमा चीनप्रति आक्रोश व्यक्त गर्दै आएका छन् ।
अमेरिकी संसदले अमेरिकी शेयर बजारबाट चिनियाँ कम्पनीहरूको नाम हटाउने विधेयक पारित गरेको छ । यद्यपि यसको कार्यान्वयनमा अझै केही कानूनी हलचल भने रहेका छन् । ट्रम्पको विधेयकमा विपक्षीहरूले पनि संसदमा समर्थन गरेका छन् । अमेरिकाको यो कदमले अमेरिकी शेयर बजारमा सूचीबद्ध चिनियाँ कम्पनीका लागि गाह्रो हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विधेयकमा भनिएको छ, ‘अमेरिकी कम्पनीहरूमा लगानी प्रवद्र्धन गर्न यस्तो कदम चालिएको छ ।’
मिडिया रिपोर्टहरूका अनुसार करीब ८०० चिनियाँ कम्पनीहरू अमेरिकी स्टक एक्सचेन्जमा सूचीबद्ध रहेका छन् । अमेरिकाको यो निर्णयले अलिबाबा र बैदु जस्ता ठूला चिनियाँ कम्पनीलाई झड्का लाग्ने अनुमान गरिएको छ ।
यस हप्ताको सुरूमा अमेरिकी कम्पनीहरूलाई चीनबाट अमेरिका ल्याउनका लागि कांग्रेसमा विधेयक पेश गरिएको छ । अमेरिकी सांसद मार्क ग्रीनले यो विधेयक कांग्रेसमा पेश गरेका छन् । सांसद भन्छन्, ‘अमेरिकी अर्थव्यवस्था सुदृढ पार्न लगानी आकर्षित गर्नु आवश्यक छ ।’
हालसालै एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘जनवरी २०२० मा चीनसँगको व्यापार सम्झौताको बारेमा केही पनि भन्न सकिँदैन । यो सम्झौता भंग हुन सक्छ ।’
पछिल्लो समय अमेरिका र चीनबीच कोरोना भाइरसको बारेमा विवाद बढ्दै गइरहेको छ । चीनमा देखिएको कोरोना भाइरसबाट अमेरिका नराम्ररी प्रभावित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।