आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सांसदको आरडीटी ‘पोजेटिभ’ आएपछि खैलाबैला, स्वकीय सचिव र सुरक्षा गार्ड तत्कालै क्वारेन्टाइनमा

सांसदको आरडीटी ‘पोजेटिभ’ आएपछि खैलाबैला, स्वकीय सचिव र सुरक्षा गार्ड तत्कालै क्वारेन्टाइनमा

  • मिडिया डबली
  • बिहिवार, जेठ ८ २०७७

  • 25.7K
    SHARES

  • सांसदको आरडीटी ‘पोजेटिभ’ आएपछि खैलाबैला, स्वकीय सचिव र सुरक्षा गार्ड तत्कालै क्वारेन्टाइनमा

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न संसद बैठक चलाउनुअघि ५ नम्बर प्रदेशका सांसदको आरडीटी परीक्षण गर्दा २ जना सांसदको रिपोर्ट पोजेटिभ देखिएको छ ।

    शुक्रबारदेखि सुरू हुने बजेट अघिवेशनअघि गरिएको परीक्षणमा २ सांसदसहित ११ जना व्यक्तिको पोजेटिभ रिपोर्ट देखिएको छ ।

    प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले २ सांसद, १ सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्डमा पोजेटिभ रिपोर्ट देखिएको बताए ।

    प्रदेशसभाले पीसीआर टेस्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको थियो । ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले ४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएको जानकारी दिए ।

    पोजेटिभ नजिता आएका सांसद, स्वकीय सचिव र सुरक्षा गार्डलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ८ २०७७०२:२४:२४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend