आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाललाई वार्ताका लागि सकारात्मक वातावरण बनाउन भारतको आग्रह

नेपाललाई वार्ताका लागि सकारात्मक वातावरण बनाउन भारतको आग्रह

  • मिडिया डबली
  • बिहिवार, जेठ ८ २०७७

  • 11.3K
    SHARES

  • नेपाललाई वार्ताका लागि सकारात्मक वातावरण बनाउन भारतको आग्रह
    काठमाडौं – भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सिमा विवाद सुझाल्न नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण तयार गर्नुपर्ने बताएका छन् । मन्त्रालय नियमित पत्रकार सम्मेलमा बोल्दै उनले नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण बनाउनपर्ने बताएका हुन् ।
     
    उनले कालापानी, लिपुलेक र लिम्पुयाधारा क्षेत्रमाथि नेपालको दावी ऐतिहासिक तथ्य र प्रमाणसङ्गत नरहेको भन्दै नेपाललाई भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नपर्ने बताएका छन् ।
     
    उनले नेपालले विवादित भन्दै आएको क्षेत्र भारतकै भएको दावी समेत गरेका छन् । नेपालले सीमासम्बन्धी विवादलाई कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै उनले नेपालको नयाँ नक्सा अस्वीकार गर्ने प्रतिक्रिया समेत दिएका छन् ।
     
    बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो।
    नेपालले आफ्नो भूमिलाई कृत्रिम रूपमा विस्तार गरेको आशय व्यक्त गर्दै श्रीवास्तवले भारतले त्यसलाई अस्वीकार गर्ने बताए।
     
    मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ८ २०७७०७:०५:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend