काठमाडौं– भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा परकम्प गएको जानकारी दिएको हो । परकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।
यस्तै दार्चुला केन्द्रविन्दु भएर अर्कोभूकम्प गएको छ । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।