आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अनलाइनबाट कोरियन भाषा परीक्षा गरेर नेपाली कामदार लैजाने तयारी

अनलाइनबाट कोरियन भाषा परीक्षा गरेर नेपाली कामदार लैजाने तयारी

  • मिडिया डबली
  • बिहिवार, जेठ ८ २०७७

  • 7.8K
    SHARES

  • अनलाइनबाट कोरियन भाषा परीक्षा गरेर नेपाली कामदार लैजाने तयारी

    काठमाडौं – जेठ महिनामा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो ।

    परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ ।

    नेपालस्थित ईपीएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मंगलवार रोजगार विभागमा भएको बैठकमा अनलाइन परीक्षाबारे प्रस्ताव राखेका हुन् ।

    उनका अनुसार पूर्वनिर्धारित तालिका अनुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केहीपछि सरेपनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिने छ ।

    ईपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरू रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो । कोरियामा ४० हजारभन्दा बढी नेपाली ईपीएस अन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।

    हरेक वर्ष लगभग ७ हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि ७ हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो । कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो । यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको हो ।

    कोरोना महामारीपछि बन्द कोरियाका विद्यालय पुनः सञ्चालन भएका छन् । कोरोना भाइरस केही साम्य हुन थालेपछि पहिलो चरणअन्तर्गत माध्यमिक तहका पठनपाठन बुधवारदेखि सञ्चालन भएका हुन् ।

    पूर्व प्राथमिकदेखि अन्य तहका विद्यालय भने ८ जुनदेखि सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताएको छ ।

    गत फेब्रुअरीदेखि कोरोना भाइरसले महामारीको रुप लिएपछि सम्पूर्ण तहका विद्यालय बन्द भएका थिए । पुनः सञ्चालनमा आएका हरेक विद्यालयमा शिक्षक तथा विद्यार्थीको स्वास्थ्य निगरानी तथा सेल्फ आइसोलेसन लगायत कुरालाई बढी जोड दिइने बताइएको छ । ती विद्यालयमा शिक्षा मन्त्रालयले ७ चेक प्वाइन्टसमेत उपलब्ध गराएको छ ।

    विद्यालय खुलेर पठनपाठन सुरू भएपनि कोरियामा कोरोना भाइरस भने पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन । २ हप्ताअघि सउल नजिकैको इथेवन बजारको एक रात्री क्लबबाट सामूहिक संक्रमणपछि कोरियामा संक्रमण पुनः थपिएको छ ।

    बुधवार मात्र ३२ जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ११ हजार ११० पुगेका छन् । त्यसैगरी ९ हजारभन्दा धेरै निको भई घर फर्किसकेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २६३ जना पुगेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ८ २०७७०३:४०:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend