आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाबारे वैज्ञानिकको नयाँ घोषणा, भाइरस कसरी सर्‍यो मान्छे र बिरालोमा ?

कोरोनाबारे वैज्ञानिकको नयाँ घोषणा, भाइरस कसरी सर्‍यो मान्छे र बिरालोमा ?

  • मिडिया डबली
  • बिहिवार, जेठ ८ २०७७

  • 5.4K
    SHARES

  • कोरोनाबारे वैज्ञानिकको नयाँ घोषणा, भाइरस कसरी सर्‍यो मान्छे र बिरालोमा ?

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्ति कसरी भयो भन्ने जिज्ञासा रहेका बेला नेदरल्याण्डका वैज्ञानिकहरूले नयाँ तथ्य पत्ता लगाएका छन् ।

    वैज्ञानिकका अनुसार मांशाहारी जनावर मिंकमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ ।

    मिंक फार्ममा कोरोना संक्रमण देखिएपछि नेदरल्याण्डका अधिकारीहरूले तीव्र रुपमा कोरोनाको परीक्षण गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    मिंकमा गरिएको परीक्षणमा कोरोना भाइरस देखिएपछि मानिसमा जनावरले नै कोरोना भाइरस सारेको विश्वास अधिकारीहरूले गरेका छन् ।

    नेदरल्याण्ड सरकारले मंगलवार राति नयाँ घोषणा गर्दै मिंकहरूमा कोरोनाको संक्रमण नदेखिने तर उसले मानिसमा सार्ने बताएको छ ।

    चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरस मानिसबाट मानिसमा सरेको बताइएपनि पछिल्लो नेदरल्याण्डका अधिकारीहरूले मिंकबाट नै मानिसमा कोरोना भाइरस सरेको दाबी गरेका छन् ।

    mink.jpg

    नेदरल्याण्ड सरकारले मुलुकभरका फार्ममा रहेका मिंकहरूमाथि कोरोना भाइरसको परीक्षण गर्ने घोषणा गरेको छ । नेदरल्याण्डका अधिकारीहरूले बिरालोबाट पनि कोरोना भाइरस सर्नसक्ने चेतावनी समेत दिएका छन् ।

    मिंक फार्ममा रहेका ११ वटा बिरोलामध्ये ३ वटामा कोरोनाको संक्रमण देखिएको पनि अधिकारीहरूले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ८ २०७७०२:५८:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend