आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राति परेपछि ईश्वर पोखरेलले दिए भारतलाई चेतावनी

राति परेपछि ईश्वर पोखरेलले दिए भारतलाई चेतावनी

  • मिडिया डबली
  • बिहिवार, जेठ ८ २०७७

  • 9.1K
    SHARES

  • राति परेपछि ईश्वर पोखरेलले दिए भारतलाई चेतावनी

    काठमाडौं – नेपाल सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि भारतले दिएको अभिव्यक्तिलाई लक्षित गरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चेतावनी दिएका छन् ।

    भारतीय पक्षबाट नेपालको नक्साबारे टिप्पणी भएकै बेला राति पौने १० बजेतिर सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री पोखरेलले नेपालीहरू कसैमाथि पनि अपमान भएको र होच्याएको सहन नसक्ने अभिव्यक्ति दिएका छन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘हामी कसैमाथि असमान/अपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापी सहन्नौं । नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन/अपमान गर्न खोजे नेपालीहरूले कदापी सहँदैनन् । नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं !’

    मन्त्री पोखरेलले भारतबारे खुलेर ट्विटमा केही लेखेका भने छैनन् । तर उनको टिप्पणी भारत सरकारलाई नै लक्षित देखिएको छ । नेपालको पश्चिमी सिमानामा भारतसँग विवाद चलिरहँदा मन्त्री पोखरेल केही महिनाअघि लिपुलेक अवलोकनका लागि त्यहाँ गएपछि भारतले बनाइरहेको सडक निर्माण रोक्न कुनै पहल गर्न सकेका थिएनन् ।

    जनस्तरबाट लामो दबाब र विवादपछि नेपाल सरकारले बुधवार नयाँ नक्सा जारी गरेको छ । तर भारत सरकारले लगत्तै नक्सा अस्वीकार्य भन्दै कडा टिप्पणी गरेको छ । नेपालको भारतसँग जोडिएको पश्चिम सीमामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर पछिल्लो समय नेपाल र भारतीय सरकारबीच नै मतभेद भइरहँदा उपप्रधानमन्त्री पोखरेलले टिप्पणी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ८ २०७७०१:३३:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend