आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना महामारी बढ्दै गर्दा भारतले खोल्यो हवाइ उडान, अब के होला ?

कोरोना महामारी बढ्दै गर्दा भारतले खोल्यो हवाइ उडान, अब के होला ?

  • मिडिया डबली
  • बुधवार, जेठ ७ २०७७

  • 7.0K
    SHARES

  • कोरोना महामारी बढ्दै गर्दा भारतले खोल्यो हवाइ उडान, अब के होला ?

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण भारतमा समेत तीब्र गतिमा फैलिरहेका बेला सरकारले आन्तरिक हवाइ उडान खुला गर्ने निर्णय गरेको छ ।

    भारतले लकडाउन समेत केही खुकुलो पारेको छ । भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मेबाट हवाई सेवा सञ्चालन गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् ।

    भारतमा ३१ मेसम्म लकडाउन थपिएको भएपनि राजधानी नयाँदिल्लीसहित कतिपय शहरमा शर्तसहित लकडाउन खुकुलो बनाइएको छ । खुकुलो पारिएको क्षेत्रमा सार्वजनिक यातायात समेत सञ्चालनमा आइसकेको छ ।

    मन्त्री पुरीले ट्विट गर्दै सबै कम्पनी र विमानस्थललाई सेवा सञ्चालन हुने जानकारी गराए । उनका अनुसार भारतले हवाइ उडानका दौरान पालना गर्नुपर्ने निर्देशिका भने सरकारले जारी गर्नेछ । भारत संसारको ठूलो उड्ययन उद्योगमध्ये एक हो ।

    भारतमा नागरिक उड्डयन प्राधिकरणले भने यात्रुका लागि सुरक्षा निर्देशका जारी गरिसकेको छ । अब यात्रुले विमानस्थलमा आएर बोर्डिङ पास लिइरहनु नपर्ने भएको छ । हवाई यात्रुका लागि एक एप्स बनाइएको छ । एप्सबाट बोर्डिङ पास लिन सकिने भएको छ ।

    वेब चेकइन गरी प्राप्त हुने बोर्डिङ पासलाई आफैंले प्रिन्ट गरेर सोही पास बोकेर विमानस्थल जानुपर्ने छ । यात्रुले मास्क तथा अन्य सुरक्षात्मक सामग्री अनिवार्य लगाउनुपर्ने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    यात्रुले अब विमानस्थलमा कम्तिमा ४ फिटको दूरी कायम गर्नुपर्छ । अब हरेक यात्रुले ३५० एमएल क्षमताको स्यानिटाइजर बोटल समेत साथमा राख्नुपर्ने शर्त बनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ७ २०७७०२:४८:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend