आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिका–युरोपका बालबालिकामा देखिएको यो भयानक रोग भारतसम्म पुग्यो, अब के होला?

अमेरिका–युरोपका बालबालिकामा देखिएको यो भयानक रोग भारतसम्म पुग्यो, अब के होला?

  • मिडिया डबली
  • बुधवार, जेठ ७ २०७७

  • 10.5K
    SHARES

  • अमेरिका–युरोपका बालबालिकामा देखिएको यो भयानक रोग भारतसम्म पुग्यो, अब के होला?


    काठमाडौं– कोरोनाभाइरसको गम्भीर लक्षण बालबालिकामा अहिलेसम्म देखिएको छैन भनेर भन्ने गरिन्थ्यो तर भारतको चेन्नईमा ८ वर्षका एक बालकमा कोरोनाको गम्भीर लक्षण अर्थात् हाइपर इन्फ्लामेटरी सिन्ड्रोम पाइएको छ । हाइपर इन्फ्लामेटरी सिन्ड्रोमका बेला तत्काल प्रभावकारी चिकित्सकीय सुविधा नपाएको खण्डमा शरीरका विभिन्न अंगले काम गर्न बन्द गर्न सक्छ ।


    यो रोग लागेपछि रक्त वाहिनी सुन्निने गर्छ । चेन्नईमा कांची कमाकोटी चाइल्ड्स ट्रस्ट अस्पतालका निर्देशक डाक्टर एस. बालासुब्रमण्यनले बीबीसीलाई भने, ‘जब भाइरस शरीरमा प्रवेश गर्छ तब शरीरलाई रक्षा गर्ने सबै हतियार भाइरससँग लड्न तयार हुने गर्छन् । यदि कुनै व्यक्तिको शरीरले जोडदार तरिकाले यसमाथि प्रतिक्रिया दिन्छ भने उसको शरीरमा भारी मात्रामा प्रोटिन पैदा हुने गर्छ जुन संक्रमणसँग लड्नका लागि आवश्यक छ । यसको बदलामा शरीरमा क्षती पुग्न थाल्छ । यस्तो प्रकारको टक्सिक शक सिन्ड्रोमको बालबालिकामा असर पर्छ ।’

    ८ वर्षीय बालकलाई ज्वरो नियन्त्रण नभएका कारण अस्पताल पुर्याइएको थियो । डाक्टर बालासुब्रमण्यनका साथी डाक्टर बाला रामचन्द्रन भन्छन्, ‘बालकलाई लगातार ज्वरो आइरहेको थियो । घाँटी र जिब्रो सुन्निएको थियो, ओठ फुटेका थिए । उनी पूर्ण रुपमा अत्यधिक बिरामी देखिएका थिए । उनलाई पहिलो पटक पुर्याइएको अस्पतालले उनको कोभिड–१९ परीक्षण गरेको थियो तर त्यसमा नेगेटिभ देखिएको थियो । त्यतिबेला उनलाई ज्वरो आएको चौथो दिन थियो । नवौं दिन त्यहि ल्याबको रिपोर्टमा उनलाई संक्रमण देखियो । ’

    डाक्टरका अनुसार बच्चाको उपचार गरियो र उनलाई १५ दिनपछि अस्पतालबाट छुट्टी दिइयो । यस्तो प्रकारको समस्याले यूरोप र अमेरिकाका बाल रोग विशेषज्ञललाई पनि चिन्तामा पारिरहेको छ ।

    मेडिकल जर्नल लासेन्टमा ७ मेमा छापिएको एक रिपोर्ट अनुसार अप्रिलको मध्यमा लण्डनको साउथ टेम्स रिट्राइवल सर्भिसमा ८ बालबालिकामा यस्तो समस्या देखिएको थियो जसमा कोभिड–१९ का साथै अन्य रोगको पनि लक्षण देखिएको थियो ।

    त्यसपछि युरोपका अन्य इलाकाका साथै अमेरिकाका बालबालिकामा पनि यस्तो समस्या देखियो । डाक्टर रामचन्द्रन भन्छन्, ‘हामीले त्यहाँ देखिएको जस्तै समस्या देखिरहेका छौं ।’ बीबीसी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ७ २०७७०४:४१:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend