काठमाडौं– सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भए पनि सत्तारूढ नेकपाभित्रको विवाद प्रतिनिधि सभामा प्रतिबिम्बित भएको छ।
सरकारले राष्ट्रपति मार्फत् प्रस्तुत गरेको नीति तथा कार्यक्रमको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले बचाऊ गरेनन् ।
गत वर्षको नीति तथा कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले बचाऊ गरेका थिए। उनले सरकारले व्यवस्थित र राम्रो तयारी गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको महसुस भएको उल्लेख गरेका थिए।
तर यस वर्ष भने अध्यक्ष प्रचण्डसहित नेकपाका शीर्ष नेताहरुले कुनै धारणा नराखी नीति तथा कार्यक्रम पारित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपा अध्यक्ष प्रचण्डसहित दुवै वरिष्ठ नेता रुष्ट छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा पछिल्लो समय संसदभित्र सत्तारुढ नेकपाकै सांसदहरुले प्रतिपक्षको शैलीमा प्रश्न उठाउने गरेका छन्।
नीति तथा कार्यक्रममा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकार पाँच वर्षका लागि बनेको उल्लेख गरे। जबकि प्रतिपक्षी दलहरुसँग यतिबेला प्रधानमन्त्री हटाउन आवश्यक न त संख्या न त चुनौति दिने हैसियत नै।
तर प्रधानमन्त्री ओलीले सरकारको आयु तोकेर सत्तारुढ नेकपाभित्रै सरकार परिवर्तनका विषयमा उठेका प्रश्नको जवाफ दिने कोशिस गरे।
बिम्ब प्रयोग गर्न माहिर प्रधानमन्त्री ओलीले सरकारको बचाऊमा आँपको उदाहरण दिए।
प्रधानमन्त्री ओलीले आँपको बिम्ब प्रयोग गर्दा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल सत्तापक्षका नेताहरु तर्फ फर्किएर हाँसेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।