आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीको प्रशंसा भएपछि बामदेव गौतमलाई जलन ! नेकपामा श्रेय लिने होडबाजी

केपी ओलीको प्रशंसा भएपछि बामदेव गौतमलाई जलन ! नेकपामा श्रेय लिने होडबाजी

  • मिडिया डबली
  • बुधवार, जेठ ७ २०७७

  • 5.7K
    SHARES

  • केपी ओलीको प्रशंसा भएपछि बामदेव गौतमलाई जलन ! नेकपामा श्रेय लिने होडबाजी

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र श्रेय लिने होडबाजी चलेको छ ।

    प्रधानमन्त्रीका हैसियतले ओलीको प्रशंका भइरहेको भने भूमिसुधार मन्त्री पदमा अर्यालको गृहजिल्ला स्याङ्जामा अर्यालका पक्षमा जुलुस निकालिएको छ । स्याङ्जामा नक्सा पारित भएको श्रेय मन्त्री अर्याललाई दिने होडबाजी चल्यो ।

    सरकारमा रहेकाहरूले श्रेय लिइरहेका बेला सांसद समेत बन्न नसकेका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई जलन भएको देखिएको छ । उनले नक्सा पारित हुने श्रेय कुनै व्यक्तिलाई नभइ पार्टीले लिनुपर्ने अडान लिएका छन् ।

    उपाध्यक्ष गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरे ।

    बुधबार बिहान एउटा प्रेस नोट सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरूदेखि नै पार्टीमा जोडदार माग गर्दै आएको उल्लेख गर्दैै उनले यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा आफूले नै राखेको बताए ।

    आफूले पार्टीमा प्रस्ताव राखेको भन्दै उपाध्यक्ष गौतमले नक्सा पारित हुनुको श्रेय आफूतिर ढल्काउन खोजेका छन् । पार्टीको निर्णय अनुसार सरकारले निर्णय गरेको भन्दै उनले आभार प्रकट पनि गरेका छन् ।

    ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरूदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरू सबैमा जानकारी गराउँछु,’ उनले प्रेस नोटमा उल्लेख गरेका छन् ।

    वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि नक्सा पारित गर्ने काम भने स्वागतयोग्य रहेको उल्लेख गर्दै गौतमले सिमाना व्यवस्थापनसँग सम्बन्धित देशका ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र ऊर्जा दिने काम भएको जनाएका छन् ।

    ‘अनुयायीहरू व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यही अनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ७ २०७७०४:०७:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend