आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मनिषा कोइरालाको त्यो ट्विट भारतीय मिडियामा भाइरल ! नेपालको पक्ष लिँदा चर्चा

मनिषा कोइरालाको त्यो ट्विट भारतीय मिडियामा भाइरल ! नेपालको पक्ष लिँदा चर्चा

  • मिडिया डबली
  • बुधवार, जेठ ७ २०७७

  • 22.6K
    SHARES

  • मनिषा कोइरालाको त्यो ट्विट भारतीय मिडियामा भाइरल ! नेपालको पक्ष लिँदा चर्चा

    काठमाडौं – थुप्रै भारतीय चलचित्रमा अभिनय गरेकी नेपाली मूलकी नायिका मनिषा कोइरालाले गरेको एउटा ट्विट भाइरल भएको छ ।

    नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेपछि नयाँ नक्सा जारी गर्दै ती भूभाग समेत समेट्ने निर्णय नेपाल सरकारले गरेपछि त्यसमा अभिनेत्री कोइरालाले समर्थन जनाएकी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटमा कोइरालाले धन्यवाद दिँदै समर्थन जनाएकी छन् ।

    प्रदीप ज्ञवालीले ट्विट गरेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिट्टै सार्वजनिक गर्दैछ ।’ यसलाई रि–ट्विट गर्दै अभिनेत्री कोइरालाले लेखेकी छन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा धन्यवाद ! हामी सबै तीन महान् राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतिक्षा गर्दैछौं अब हात मिलाएर ।’

    अभिनेत्री कोइरालाले रिट्विट गरेपछि भारतीय सञ्चारमाध्यममा भाइरल भएको छ । भारतीय मिडियाले नेपालको दाबीलाई पूर्वाग्राही रुपमा हेर्ने गरेका भएका छ्न् । केही हप्ताअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक क्षेत्र हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेपछि अतिक्रमण विवाद बल्झिएको थियो । त्यसमै टेकेर सरकारले मन्त्रिपरिषद् बैठकबाट नयाँ नक्सा पारित गरेको छ ।

    भारतको लोकप्रिय सञ्चारमाध्यम आजतकको अनलाइन संस्कारमा लेखिएको छ, ‘भारत–नेपाल सीमा विवादबीच अभिनेत्री मनिषा कोइरालाको प्रतिक्रिया आएको छ । मनिषा नेपाली मूलकी हुन् । मनिषाले कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा राख्ने नेपाल सरकारको कदमलाई समर्थन गरेकी छन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ७ २०७७०२:४०:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend