आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केही गरेर देखाउन नसकेपछि कृषिमन्त्री घनश्याम भुसालले भने – कृषि सजिलो छैन !

केही गरेर देखाउन नसकेपछि कृषिमन्त्री घनश्याम भुसालले भने – कृषि सजिलो छैन !

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 8.0K
    SHARES

  • केही गरेर देखाउन नसकेपछि कृषिमन्त्री घनश्याम भुसालले भने – कृषि सजिलो छैन !

    काठमाडौं – बौद्धिक नेताको रुपमा परिचित घनश्याम भुसाल कृषिमन्त्री भएपछि धेरैले आशा गरेका थिए । तर उनी मन्त्री भएको लामो समयसम्म केही पनि गरेर देखाउन सकेनन् ।

    अब उनले कृषि क्षेत्रलाई नै दोष दिएर आफ्नो कमजोरी लुकाउने प्रयास गर्न थालेका छन् । उनी भाषण, सिद्धान्त, सतही योजना राम्रो बनाउने भएपनि गरेर देखाउने जिम्मेवारीमा पुगेपछि गलेका छन् ।

    नेपाल उद्योग परिसंघले कोेरोना भाइरसपछिको आर्थिक पुनरुत्थानका सम्बन्धमा मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषि क्षेत्र सजिलो क्षेत्र नभएको गुनासो गरे । कोरोना भाइरसको महामारीका कारण विश्व बजारदेखि नेपालको उद्योग तथा सेवा क्षेत्रले कामदार कटौती गरेर बेरोजगारी बढिसकेको अवस्थामा कृषि क्षेत्रमा ठूलो श्रमशक्ति आउने निश्चित भएपनि कृषि क्षेत्र सजिलो नभएको उनले बताए ।

    कृषि क्षेत्रमा अहिलेको अवस्थामा बचत निकै कम भएको उनले बताए । ‘हाम्रो मोटामोटी अध्ययनले मासिक ३० हजार रुपैयाँ घर नलैजाने व्यक्ति कृषि क्षेत्रमा टिक्ने अवस्था नदेखिने अवस्था देखिएको छ । त्यसैले यो अवस्थामा कृषि क्षेत्रमा काम गर्नेलाई कम्तीमा त्यति आम्दानी हुने वातावरण बनाउनुपर्छ भनेर हामी लागेका छौं,’ मन्त्री भुसालले कार्यक्रममा भने ।

    कृषि हालसम्म कुनै पनि देशमा प्रतिस्पर्धी नभएको भन्दै जतिसुकै विकसित देश भएपनि कृषि राज्यकै संरक्षणमा रहेको समेत उनले बताए ।

    ‘इन्डिया होस् वा अमेरिका होस् वा अरु जुनसुके देश होस्, कृषि संरक्षित क्षेत्र नै हो । सरकारले मल, बीउ, सिँचाइ, वित्तीय उपलब्धता, बिमा, बजारीकरण र बिक्रीमा सरकारले सहयोग गर्नैपर्छ । यो राज्यलाई सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने ।

    अहिलेको अवस्थामा कृषिलाई बृहत् व्यवस्थाको रुपमा हेर्नुपर्ने धारणा समेत उनले राखे । त्यसका लागि ठूलो बजेट सरकारले छुट्याउनुपर्ने अवस्था रहेको उनले बताए । ‘२.२ प्रतिशत लगानी गरेर २७.२ प्रतिशतको योगदान रहेको कृषि क्षेत्रको विकास हुन सक्दैन । त्यसैले राज्यको खर्च र भूमिका बढाउनुपर्छ,’ उनले भने ।

    कृषि उत्पादनमा ह्रास आउनुको कारण भूमिको चक्लाबन्दी नहुनु रहेको निष्कर्षमा मन्त्रालय पुगेको समेत उनले बताए । अहिले कृषियोग्य भूमि मात्रै ३ करोड २५ लाख कित्तामा विभाजन भएको भन्दै त्यसको चक्लाबन्दी नभई यान्त्रिकीकरण गर्न सम्भव नभएको उनले बताए ।

    ‘प्रत्येक गाउँपालिकामा भण्डारण होस्, कृषिसम्बन्धी एउटा कार्यालय होस्, संकलन केन्द्र होस्, प्रशोधन उद्योग होस्, कोल्ड स्टोर होस् । यसरी जान सक्यौं भने मात्रै हामीले यसमा उपलब्धि हासिल गर्न सक्छौं,’ भन्त्री भुसालले भने, ‘आगामी वर्षको बजेटले यो क्षेत्रमा जग बसाल्छ, यसको स्वरुप देखिन ३ वर्षपछि लाग्नसक्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ६ २०७७०४:०९:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend