काठमाडौं – नेपालको उत्तरी छिमेकी चीनले भारतले अतिक्रमण गरेको कालापानीको सीमा विवादबारे मुख खोलेको छ ।
त्रिदेशीय विन्दु आसपास रहेको सीमा विवादका विषयमा चीनका धारणा महत्त्वका साथ हेरिएको थियो । तर चीनले आफूलाई विवादबाट अलग राख्दै कालापानी विवाद नेपाल–भारत दुवैको भएको बताएको छ ।
चीनले कालापानी सीमा विवाद दुई देशले आपसी संवादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ ।
भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएपछि पछिल्लो पटक विवाद बल्झिएको छ । त्यसको नेपालले विरोध गरेको छ भने सोमवार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा मन्त्रिपरिषद् बैठकबाट पारित गरेको छ ।
मानसरोवर जाने सडक भारत–चीनबीच देशबीच सन् २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग संसदसम्म उठेको छ ।
बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भनेका छन्, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौं कि दुई देशले मैत्रीपूर्ण परामर्शबाट विमतिहरू हल गर्नेछन् ।’
चीनले स्थिति जटिल बनाउन सक्ने एकपक्षीय कदमबाट दुवै देश बच्नुपर्नेमा सुझाव समेत दिएको छ । विदेश मन्त्रालयका प्रवक्ताले कालापानी विवादबाट चीनलाई अलग राख्न खोजेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।