आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अछामका कांग्रेस नेता शाहले काठमाडौंमा गर्दैछन् राहत र नगद सहयोग

अछामका कांग्रेस नेता शाहले काठमाडौंमा गर्दैछन् राहत र नगद सहयोग

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 7.9K
    SHARES

  • अछामका कांग्रेस नेता शाहले काठमाडौंमा गर्दैछन् राहत र नगद सहयोग

    काठमाडौं – नेपाली कांग्रेस अछामका नेता तथा समाजसेवी राजेन्द्रबहादुर शाह काठमाडौंमा रहेर लकडाउनका बेला आर्थिक अभावमा परेका मजदुर र विद्यार्थीलाई सहयोग गरिरहेका छन् ।

    लकडाउनको कारणले समस्यामा परेका विद्यार्थीलाई बस्ने डेरामै पुगेर नेता शाहले सहयोग गरिएका छन् ।

    सुदूरपश्चिमबाट आएर राजधानीका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीलाई नेता शाहले राहत सामग्री र नगद सहयोग गरिरहेका छन् ।

    अछाम घर भई राजधानीमा बस्दै आएका समाजसेवी शाहले व्यक्तिगत रुपमा विद्यार्थीलाई चामल र दाल तथा कसैलाई आवश्यकताका आधारमा नगद रुपैयाँ समेत सहयोग प्रदान गर्ने गरेका नेविसंघका युवा नेता रमेश कुँवरले जानकारी दिए ।

    करीव डेढ महिना लामो लकडाउनका कारणले विद्यार्थीलाई जीवनयापन गर्न निकै समस्या परेकाले सामाजिक उत्तरदायित्व अनुसार कोठामै पुगेर राहत वितरण गर्दै आएको शाहले बताएका छन् ।

    नेता शाहसँग राहत वितरणमा अधिवक्ता विक्रम कुँवर, विद्यार्थी रमेश कुँवर, तिलक बटाला लगायतको टोलीले कीर्तिपुर, बालकुमारी, ग्वार्को, कोटेश्वर, लैनचौर, मैतीदेवी, घट्टेकुलो लगायतका स्थानमा सक्रिय रहेको छ ।

    help.jpg

    शाहले अछाम स्थायी ठेगाना भएका विद्यार्थीसँगै समस्यामा परेको असहाय, विपन्न परिवारका बालबालिका, वृद्धवृद्धालाई समेत सहयोग गरिरहेका छन् । यसअघि समेत नेता शाहले आर्थिक अभावमा रहेका बालबालिकालाई पढाइका लागि सहयोग गर्ने गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ६ २०७७०२:२६:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend