आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दूध किन्न निस्किएका व्यक्तिको प्रहरीले भाँचिदिए खुट्टा, कुट्ने प्रहरी कर्मचारीलाई कारबाही

दूध किन्न निस्किएका व्यक्तिको प्रहरीले भाँचिदिए खुट्टा, कुट्ने प्रहरी कर्मचारीलाई कारबाही

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 7.5K
    SHARES

  • दूध किन्न निस्किएका व्यक्तिको प्रहरीले भाँचिदिए खुट्टा, कुट्ने प्रहरी कर्मचारीलाई कारबाही

    जनकपुरधाम–वीरगञ्जमा दूध किन्न घरबाहिर निस्केका व्यक्तिको खुट्टा भाँचिने गरी कुटपिट गरेकोको आरोप लागेका प्रहरी कर्मचारी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।

    लकडाउनको समयमा बाहिर निस्केको भन्दै वीरगञ्ज महानगरपालिका १६ निवासी नागेन्द्र पटेललाई बसपार्कमा ड्यूटिमा खटिएका प्रहरीले लाठीले प्रहार गरेका थिए । लाठी प्रहारबाट ६७ वर्षीय पटेलको खुट्टा नै भाँचिएपछि लाठी प्रहार गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।

    पटेललाई बसपार्कमा डयुटिमा खटिएका असई लालबाबु साहले लाठी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै सिंहले उनलाई प्रदेश प्रहरी कार्यालयमा तानिइसकिएको बताए । यहीँ राखेर उनले लाठी प्रहार गरेको सन्दर्भमा अनुसन्धान गरिने र दोषी पाइए कारबाही गर्ने सिंहले बताए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ६ २०७७०५:००:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend