आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारको भर नपरौं, आफैं सचेत बनौंः महर्जन

सरकारको भर नपरौं, आफैं सचेत बनौंः महर्जन

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 7.8K
    SHARES

  • सरकारको भर नपरौं, आफैं सचेत बनौंः महर्जन

    ललितपुर–उपत्यकासहित तराईका जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले स्वास्थ्य सुरक्षाका लागि टोलबासीहरू आफै सर्तक हुनुपर्ने बताएका छन् ।

    महर्जनले सरकारको भर पर्दा जनता झन् जोखिममा पर्न थालेको बताए ।

    महर्जनले ललितपुर, काठमाडौं र भक्तपुरमा टोलबासीहरूले स्थानीय प्रशासन, नगरपालिका र सुरक्षा निकायहरूसँग समन्वय गरेर सचेतना अभियान चलाउनुपर्ने बताए । उनले नयाँ व्यक्ति आफ्नो टोलमा आएको थाहा पाउनेवित्तिकै सबैले च्याप्प छोपेर क्वारेन्टाइनमा आफैले लगेर परीक्षणदेखि सबै व्यवस्था गर्नुपर्ने बताएका छन् ।

    ‘यो सरकारले केही गर्दैन । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको एक्लो प्रयासले कोरोना रोक्न गाह्रो भइसक्यो’, उनले भने, ‘अब हामी सबै स्थानीय प्रशासनको समन्वयमा खटिनुपर्छ । ३–४ जनाको युवाहरूको समूह बनाइ सामाजिक दुरी कायम गरेर टोलको सुरक्षा गर्नुपर्ने बेला आइसक्यो ।’

    कांग्रेसका युवा नेता महर्जनले भारतसँगको खुला सिमानाबाट नेपाली नागरिकहरू जथाभावी प्रवेश गरेको भन्दै उनीहरूलाई व्यवस्थित रुपमा प्रवेश गर्न दिनुपर्ने बताए । सुरक्षाका लागि सडकमा खटिएका सुरक्षाकर्मीहरू झन् जोखिममा रहेको उनको भनाइ छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend