आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा शक्तिशाली आँधी आउँदै, हावाहुरी सहित भयंकर बर्षा हुने

नेपालमा शक्तिशाली आँधी आउँदै, हावाहुरी सहित भयंकर बर्षा हुने

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 7.0K
    SHARES

  • नेपालमा शक्तिशाली आँधी आउँदै, हावाहुरी सहित भयंकर बर्षा हुने

    काठमाडौं– नेपालमा आज देखि बंगालको खाडीमा विकसित शक्तिशाली आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा पर्न सुरु भएको छ।

    यसैको अप्रत्यक्ष प्रभावले आज बिहानै काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

    यसको प्रभाव विस्तारै बढ्दै जाने उनको भनाइ छ। उनका अनुसार त्यस शक्तिशाली चक्रवातको बाहिरी घेराको बादल मात्र अहिले नेपाल आइरहेको छ।

    ‘अहिले त्यो चक्रवात बंगालको खाडीमै छ, जमिनमा प्रवेश गरिसकेको छैन,’ उनले भनिन्, ‘यो भारतको जमिनमा प्रवेश गरेपछि यसको असर ठूलो हुनेछ र नेपालमा पनि बढी प्रभाव पर्नेछ।’

    उनका अनुसार अहिले त्यस शक्तिशाली चक्रवातको बाहिरी घेराको बादल काठमाडौंलगायत देशको मध्य भागमा मात्रै आइपुगेको छ। सोही कारण आज बिहानै काठमाडौंलगायत आसापासका क्षेत्रमा वर्षा भएको हो।


    त्यसको प्रभावले आज देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना छ। यसले नेपालमा खासगरी बिहीबारदेखि दुई–तीन दिनसम्म बढी प्रभाव पार्ने मौसमविद्को अनुमान छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ६ २०७७०४:१९:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend