आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अपहरण गरिएका भनिएका सांसद यादवलाई उल्टै फसाउने तयारी!

अपहरण गरिएका भनिएका सांसद यादवलाई उल्टै फसाउने तयारी!

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 6.9K
    SHARES

  • अपहरण गरिएका भनिएका सांसद यादवलाई उल्टै फसाउने तयारी!

    काठमाडौं–अपहरणको जाहेरी दर्ता गरेका सांसद डा.सुरेन्द्र यादव आफैँलाई सरकारले अप्ठ्यारोमा पार्ने खतरा छ ।

    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ ,परिच्छेद २ को ‘कसुरको सूचना तथा अनुसन्धानसम्बन्धी व्यवस्था’ अन्तर्गत दफा ११ अनुसार नियत खराव गर्न चाहने पक्षलाई डा.यादवलाई अनुसन्धानको दायरामा तान्ने ठाउँ दिएको छ।

    निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल,तनहुँका सांसद कृष्णबहादुर (किसान) श्रेष्ठ र भक्तपुरका महेश बस्नेतलाई प्रतिवादी बनाई उनले दिएको अपहरण मुद्दा ‘भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक सूचना’ भएको ठहर सरकारी वकिलले गरेपछि तीन भाइ उम्कने तर पीडित पक्षले चाहिँ दुस्ख पाउने अवस्था निम्तिएको हो ।

    उक्त दफामा भनिएको छ, ‘कुनै कसुरको सम्बन्धमा प्राप्त जाहेरी दरखास्त वा सूचनाका सम्बन्धमा सम्बन्धित ब्यक्ति वा जाहेरवाला समेतलाई बुझ्दा त्यस्तो दरखास्त वा सूचना भ्रमपूर्ण,झुठ्ठा वा काल्पनिक भई अनुसन्धान गर्न आवश्यक नभएमा वा निरर्थक देखिएमा सम्बन्धित प्रहरी कार्यालय वा सम्बन्धित अनुसन्धान अधिकारीले सोही कुरा खुलाई सामान्यतया तीन दिनभित्र सम्बन्धित सरकारी वकिल कार्यालयमा प्रतिवेदन पठाउनु पर्नेछ ।’

    उक्त मुद्दामा प्रहरीले जाहेरीका आधारमा सातदिनसम्म अनुसन्धान गर्यो । आरोपित तीनैजनासँग लिखित बयान लियो । र, शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको थियो । सरकारी वकिल कार्यालयले दफा ११ को उपदफा २ को १ अनुसार ‘तत्काल अनुसन्धान गर्न मनासिब आधार नदेखिएको, थप प्रमाण प्राप्त हुन आएका बखत अनुसन्धान गर्न सकिने’ भन्दै मुद्दा तामेलीमा राखेको छ ।

    यस्तो मुद्दामा आरोप लागेका व्यक्तिहरुले जाहेरवालाविरुद्ध अर्को जाहेरी र क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था सोही कार्यविधिले दिएको छ ।
    यदि आरोपित तीनमध्ये कोही व्यक्तिले जाहेरवाला डा।यादवमाथि कारवाहीको माग गर्दै मुद्दा हालेमा उनलाई कैद र जरिवानासम्मको व्यवस्था हुनसक्ने वकिलहरुले सुझाएका छन् ।

    अहिलेसम्म आरोपितमध्ये कोही पनि व्यक्ति त्यस्तो मुद्दामा गएका छैनन् ।

    तर, जाहेरवालाहरु माथिल्लो तहको अदालत जाने तयारी भएमा आफूहरुले पनि ‘नछोड्ने’ आरोपितहरुले बताएका छन् । आरोपितमध्येका सांसद किसानले भने, ‘उहाँहरु फेरि निहुँ खोज्नुहुन्छ भने हामी पनि छाड्नेवाला छैनौँ ।’

    उनले राजनीतिक विषय भएका कारण निहुँ खोज्ने शैलीमा आफू नजाने, तर अझै जिस्क्याएमा कानुनी उपचार खोज्ने बताए । अर्का सांसद महेश बस्नेतले पार्टीबाट जस्तो निर्देशन आउँछ,आफूहरु त्यहीअनुसार चल्ने बताए । खनालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ६ २०७७०४:०३:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend